Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओली नेतृत्वको चुनावी गठबन्धन पुरातनवादी र प्रतिगामी, सत्तारुढ दलबीचको गठबन्धन 'पवित्र’ : पौडेल

ओली नेतृत्व चुनावी गठबन्धन पुरातनवादी र प्रतिगामी, सत्तारुढ दलहरुबीचको चाहिं ‘पवित्र गठबन्धन’ ः पौडेलकाठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि कांग्रेस नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरू बीचको ‘पवित्र गठबन्धन’ भनेका छन् ।

एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका उनले सत्तारुढ दलको गठबन्धनलाई भने ‘पवित्र गठबन्धन’ भनेका हुन् ।

तनहुँको भानु नगरपालिकामा आज आयोजित कांग्रेसका उम्मेदवाहरूको परिचयात्मक कार्यक्रममा नेता पौडेलले लोकतन्त्र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरूका बीचमा गठबन्धन भएको दाबी गरे ।

पौडेलले कांग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताउँदै गठबन्धन र कांग्रेसको नीति र रणनीतिका बारेमा कन्फ्युजन नहुन नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले भने–‘चुनावमा जाँदा जनतामा कन्फ्युजन हुने कुारा बोल्न हुँदैन् । विकास र रजनीतिलाई लिएर जान कांग्रेस चाहान्छ । गाउँको विकास र लोकतन्त्र जोगाउछौं । लोकतन्त्र संविधान जोगाउन गठबन्धन षरेको हो । राजनीति स्यायी गरेर विकासको बाटो डोर्‍याउन गठबन्धन गरिएको हो ।’

उनले कांग्रेसले विदेश पलायन हुने अवस्था रोक्नका लागि गाउँमा आम्दानी गाउँमै रोजगारीको अभियान थाल्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077