Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यस्ता छन् स्वतन्त्र उम्मेदवारहरूको चुनाव चिन्ह

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले शनिबार चुनाव चिन्ह वितरण गरेको छ। आयोगले स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह दिइसकेको छ ।

राष्ट्रिय मान्यता प्राप्त ६ वटा दलहरूले आफ्नै चुनाव चिन्ह पाएका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नै चुनाव चिन्ह पाएका हुन्।

यसपालि आयोगले राष्ट्रिय मान्यता नपाएका दलहरूलाई पनि चिन्ह दिन लागेको हो। स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–२६ मा राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका पार्टीहरूले पनि आफ्नै चिन्ह पाएका हुन्।

२०७४ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूले निर्वाचन कार्यालयमा पेश गरेको जिल्लागत संगठन संरचनाको आधारमा चिन्ह दिइएको आयोगले जनाएको छ।

यसमा विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायत २३ दलले आफ्नै चिन्ह पाएका छन्।

त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग नलिने जनमत पार्टी, जनता प्रगतिशील पार्टी, नेपाललगायत ४० दलले पनि आफ्नै चिन्ह पाएका छन्। ती दलका चुनाव चिन्ह पहिल्यै तय भए पनि स्वतन्त्र उम्मेदवारहरूले पनि आफूले चाहेको चिन्ह पाउने छैनन्।

स्वतन्त्र उम्मेदवारहरूको लागि अनुसूची–२७ मा ४० वटा चुनाव चिन्हहरू राखिएका छन्। तीमध्ये नै एक उनीहरूको चिन्ह हुने आयोगले जनाएको छ।

जसमा पुतली, ब्याडमिन्टन कर्क, खरायो, भुइँकटहर, हाँस, आँप, गुलाबको फूल, जेब्रा, लौरो, खानेपानीको धारा, कैंची, मुढा, जेब्रा, लालटिन, सेफ्टी पिन, प्रेसर कुकर, चिल, काग, चुलेसी, भ्यागुता, खसीको टाउको, लगायत छन्।

काठमाडौं महानगर मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाह र पोखरा महानगर गनेश पौडेलले लौरो चुनाव चिन्ह पाएका छन्। तर, पौडेलको चुनाव चिन्ह भने खोसिएको छ । उनलाई कुन चुनाव चिन्ह दिने भन्ने खुलिसकेको छैन ।

भरतपुर महानगरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भुँइकटहर चिन्ह पाएका छन्। मोरङको विराटनगर महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका उमेश यादव र उपमेयर पदमा नमिता न्यौपानेले ‘लालटिन’ चुनाव चिन्ह पाएका छन्।

 

आयोगले तयार पारेको चुनाव चिन्ह

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077