Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

इन्टरनेट बन्द नहुने व्यवस्था मिलाउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले इन्टरनेट सेवा निर्वाध रुपमा सञ्चालन हुने व्यवस्था मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

इन्टरनेट सेवा प्रदायकहरुको संस्थाले कर विवादका इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएका बेला आयोगले यस्तो ध्यानाकर्षण गराएको हो ।

सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले मुलुकभर एकैपटक निर्वाचन गर्ने तयारी भएको अवस्थामा निर्वाचनमा इन्टरनेट सेवा बन्द भए गम्भीर असर पर्ने भन्दै सञ्चार मन्त्रालयलाई यो अवस्था आउन नदिन निर्देशन दिएको बताए ।​

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077