Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • संविधान जोगाउन वर्तमान गठबन्धन भएको कांग्रेस नेता सिंहको दाबी

    संविधान जोगाउन वर्तमान गठबन्धन भएको कांग्रेस नेता सिंहको दाबी

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन वर्तमान गठबन्धन भएको दाबी गरेका छन् ।

    कागेश्वरी–मनोहरा नगरपालिकाको चुनावी सभालाई सोमवार सम्बोधन गर्दै उनले झण्डै दुईतिहाइ मत प्राप्त गरेको कम्युनिस्ट सरकारले संविधान मिच्न थालेपछि संविधानको रक्षाका लागि गठबन्धन सरकार निर्माण भएको दाबी गरेका हुन् ।



    ‘कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने प्रमुख दायित्व कांग्रेसको हो, संविधानमा व्यवस्था गरिएका जनताको हक अधिकारलाई सुरक्षित गर्न वर्तमान गठबन्धन निर्माण भएको हो,’ उनले भने ।



    पार्टीका पूर्व महामन्त्री सिंहले मुलुकको हरेक राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताउँदै कांग्रेसले नै देशको विकास गर्ने उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार