Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • स्वास्थ्यमन्त्रीको ओलीलाई प्रश्न- चुनावको समयमा बिरामीले औषधि खानुपर्दैन,अस्पताल चाहिँदैन ?

    स्वास्थ्यमन्त्रीको ओलीलाई प्रश्न- चुनावको समयमा बिरामीले औषधि खानुपर्दैन,अस्पताल चाहिँदैन ?

    अनलाइन नेपाल
  • मंगलबार, २० बैशाख २०७९
  • 984
    SHARES

    फाइल फोटो

    मकवानपुर । स्वास्थ्यमन्त्री विरोध खतिवडाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको आरोपको खण्डन गरेका छन् ।

    खतिवडाले ओलीले कमिसनको चक्करमा अर्बौंको औषधि खरिद गर्ने तयारी गरेको आरोपको खण्डन गरेका हुन् ।



    खतिवडाले भने, ‘निर्वाचन आचारसंहिता लागू भए पनि नेपाल सरकारले वार्षिक बजेटमा ल्याएका कार्यक्रमहरु रोकिँदैनन् । निर्वाचन आयोगले पनि रोक्दैन । बजेटमा परेको सबै काम हुन्छन् । चुनावको समयमा अस्पताल वा सडक निर्माण नहुने भन्ने हुँदैन ।’



    स्वास्थ्य मन्त्री खतिवडाले पूर्वप्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भने,‘चुनावको समयमा बिरामीले औषधि खानुपर्दैन ? अस्पताल चाहिँदैन ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार