Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वामदेव गौतमको शब्दमा एकीकृत समाजवादीको भोट माग्ने गीत सार्वजनिक

काठमाडौं । नेकपा एमालेबाट राजीनामा दिएर केही समययता राजनीतिमा निष्क्रय रहेका वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) को चुनावी गीत लेखिदिएका छन् ।

उनको शब्दमा रहेको चुनावी गीत ‘जनता जगाउने कलममा छाप लगाउने’ मंगलबार सार्वजनिक भएको हो ।

मुस्लिम इतेहाद संगठन नेपालले निर्माण गरेको गीतमा वामदेव गौतमका शब्द रहेको छन् । कृष्ण केसी र जुना श्रीष मगरको स्वर रहेको गीतमा कृष्ण केसीकै संगीत छ ।

गीतमा जनता जगाउने, विकासको लहर चलाउने समाजवादी पार्टी भएको बताइएको छ । कलममा छाप लगाउन समेत आग्रह गरिएको गीतमा समाजवादी देशभरि छाएको समेत उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077