Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीलाई हराउँदै रियल फाइनलमा

एजेन्सी । इंग्लिस क्लव म्यानचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति आफ्नै मैदानमा भएको दोस्रो लेगमा रियलले ३–१ को जित निकालेको हो । सिटीको मैदानमा भएको पहिलो लेगमा रियल ४–३ गोल अन्तरमा पराजित भएको थियो ।

यो सँगै समग्रमा सेमिफाइनलमा ६–५ गोल अन्तरको जित निकाल्दै फाइनलमा लिभरपुलसँगको भेट पक्का गरेको हो ।

रियललाई जिताउन गएराती रोड्रिगोले दुई तथा करिम बेन्जिमाले एक गोल गरे । सिटीका लागि रियाड माहरेजले एक गोल गरेका थिए । रियलले अब उपाधिका लागि लिभरपुलसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077