Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एआईजी पोखरेल पक्षका अधिवक्ताको जिकिर– महान्यायाधिवक्ता पनि बहसमा आउनु जबर्जस्तीको पराकाष्टा

काठमाडौं । नेपाल प्रहरीको माहानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी प्रकरणमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ जारी छ । बुधबारबाट शुरु भएको बहज आज पनि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा आज पनि जारी नै छ ।

आज निवेदक एआईजी विश्वराज पोखरेलको तर्फबाट बहस भइरहेको छ । पोखरेलको तर्फबाट बहस गर्दै अभिवक्ता सुनील पोखरेलले अहिलेको आईजीपी नियुक्ति सरकरको जबर्जस्तीको पराकाष्टा भएको जिकिर गरेका छन् । उनले वरियता मिचेर गरिएको आईजीपी नियुक्तिपछि सरकारी पक्षबाट जबर्जस्तीको पराकाष्टा गर्न खोजिएको दावी गरेका हुन् ।

उनले भने–‘आईजीपी नियुक्तिमा जबर्जस्तीको पराकाष्टा गर्न खोजियो । यसअघि गभर्नरलाई निलम्बन गरेको विषयमा यस्तो थिएन । तर यो मुद्दामा महान्यायाधिवक्ता पनि बहसमा आउनुभएको छ । यसमा जबर्जस्तीको पराकाष्टा छ ।’

सरकारले विश्वराज पोखरेललाई आईजीपी नियुक्त नगरेर गल्ती गरेको भन्दै उनले आईजीपी नियुक्त भएका धीरजप्रताप सिंहभन्दा पोखरेल १६ महिना सिनियर भएको न्यायाधीस माथेमा समक्ष दावी गरे । प्रहरी नियमावलीको नियम ४१ ले आईजीपी नियुक्तिमा महत्वपूर्ण आधार मानिने भएकाले सोअनुसार पोखरेल नै योग्य आईजीपी नियुक्त हुनुपर्ने उनको जिकिर थियो ।

मन्त्रिपरिषद्को निर्णयपछि हतारमा बिदाको दिन नै बढुवाको फुली लगाइएको जिकिर गर्दै उनले निर्णय बदर हुनुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077