चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसको प्रतिस्पर्धा नेकपा माओवादी र प्रचण्डसँग नभई एमालेको केपी ओली प्रवृत्तिसँग भएको बताएका छन् ।
बिहीबार सत्ता गठबन्धनले भरतपुरमा आयोजना चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले काँग्रेसको प्रतिस्पर्धा र द्वन्द्व ओली प्रवृत्तिसँग भएको भन्दै गठबन्धन बनेको बताएका हुन् ।
नेपाली काँग्रेसको प्रतिस्पर्धा माओवादीसँग होइन, प्रचण्डसँग होइन, प्रतिस्पर्धा एमालेको केपी अोली प्रवृत्तिसँग हो । उनैसँग द्वन्द्व हो’, पौडेलको भनाइ छ ।