Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जहाँ कांग्रेसको मेयर हुन्न त्यहाँ हामी पैसा पठाउँदैनौं : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले कांग्रेसका मेयर नभएको ठाउँमा आफूहरुले पैसा नै नपठाउने बताएकी छिन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाकै गृह जिल्ला डडेलधुरामा कांग्रेसमा कुरा नमिलेपछि मतदाता रिझाउन राणा बुधबार डडेलधुरा पुगेकी आरजुले यस्तो बताएकि हुन् ।

उनले भनिन्, ‘’जहाँ कांग्रेसको मेयर नै हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं, त्यसैले यो कुरालाई ध्यान दिएर करुवा, सरुवा हरुवा पार्टीहरुलाई भोट नहाल्नुस् ।

कांग्रेसका पूर्व जिल्ला सभापति कर्ण मल्ल पक्ष नेपाली कांग्रेस वीपीको नाममा करुवा चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा छ । मल्लले नेकपा एमालेसँग तालमेल गरेका छन् ।

मल्ललाई संकेत गर्दै राणाले भनिन्, ‘करुवाको नेता को हो रु मलाई पनि थाहा छैन । गुण्डालाई उठाएर म करुवा पार्टी भनेर तपाईंले पत्याउने रु पहिला चप्पल लगाउन पैसा नहुने विदेशमा घुम्छन । टिकटक बनाउँछन्।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077