Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बढ्यो हवाइ यात्रा सेवा शुल्क, जेठ दोस्रो साताबाट लागू हुने

काठमाडौं । सरकारले वृद्धि गरेको हवाई यात्रा सेवा शुल्क जेठ दोस्रो साताबाट लागू हुने भएको छ । गएको चैत मसान्तमा मन्त्रिपरिषद्बाट पारित भएको नयाँ शुल्क १४ जेठबाट कार्यान्वयनमा आउन लागेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै वृद्धि भएको विमानस्थल सेवा शुल्क कार्यान्वयनमा आउने जानकारी दिएको छ ।

अब हवाई यात्रुले भाडादरमा नै विमानस्थल सेवा शुल्क भुक्तानी गर्नु पर्नेछ । सरकारले विमानस्थल सेवा शुल्क नियमावली २०७८ स्वीकृत गरेअनुसार नयाँ नियमावलीमा यात्रु सेवा शुल्कमा केही वृद्धि भएको छ।

यसअघिको विमानस्थल सेवा शुल्क नियमावलीअनुसार अन्तर्राष्ट्रिय यात्रु (सार्क) ले ७ सय ५० रुपैयाँ र त्यसबाहेक अन्य देशका यात्रुले एक हजार रुपैर्या लिइँदै आएको थियो ।

अब भने अन्तर्राष्ट्रिय यात्रुले प्रतिव्यक्ति ३ हजार रुपैयाँ यात्रु सेवा शुल्क तिर्नुपर्ने हुन्छ। । साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट यात्रा गर्ने आन्तरिकयात्रुले प्रतिव्यक्ति ५ सय रुपैयाँ यात्रु सेवा शुल्क तिर्नुपर्छ। कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077