Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • गगन थापाले भने-ओलीलाई भोट माग्ने नैतिक आधार छैन

    गगन थापाले भने-ओलीलाई भोट माग्ने नैतिक आधार छैन

    अनलाइन नेपाल
  • शुक्रबार, २३ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गरेका छन् ।

    प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    उनले गत ५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनुपर्ने पनि बताए ।



    महामन्त्री थापाले २०७४ साल यताको ५ वर्ष कम्युनिष्टले सरकार चलाएको र यो समय खेर फालेको आरोपसमेत लगाए ।

    महामन्त्री थापाले नेपालको समृद्धि र समुन्नतिको बारेमा विभिन्न पार्टी पङ्क्तिबीच विस्तृत छलफल हुन आवश्यक रहेको समेत बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार