Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसियाली खेलकुद स्थगित

काठमाडौं । एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित भएको छ ।

चीनको होङझोउ शहरमा सेप्टेम्बरका लागि निर्धारित एसियाली खेलकुद स्थगित भएको हो ।

प्रतियोगिता सार्नुपर्ने कारण प्रष्टसँग उल्लेख नगरे पनि चीन अहिले कोरोना महामारीको चपेटामा परेको छ ।

आयोजक राष्ट्रले सन् २०१९ को जनवरीमा महामारीको सुरुवाती समयको भन्दा धेरै संक्रमित भेटिन थालेपछि चीनले थप जोखिमबाट बच्ने निर्णय गरेको फ्रान्सेली समाचार संस्था एएफपीले जनाएको छ ।

‘एसियन ओलम्पिक परिषद (ओसीए)ले सेप्टेम्बर १० देखि २५ सम्म तीनको होङझोउ शहरमा आयोजना हुने १९औं एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरेको छ,’ प्रतियोगिताको आधिकारिक वेवसाइटमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077