Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अवैध हतियार पेस्तोल सहित तीन जना पक्राउ

दाङ ।अवैध हतियार पेस्तोल सहित तीन जनालाई पक्राउ परेका छन् ।

लमही नगरपालिका-३ टिकुलीगढ स्थित जुनु वडी विल्डर्सबाट अवैध हतियार पेस्तोल सहित तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा लमही नगरपालिका ३ मझगाउँ स्थित फर्निचर तथा आह्रन सञ्चालन गरी बस्ने अन्दाजी ७३ वर्षीय मुमबहादुर घर्ती मगर, बाग्लुङ बुर्तिवाङ झियाखोला घर भई हाल लमही नगरपालिका ३ मा बस्दै आएका २० वर्षीय सोमु बिक र रुपन्देही शुद्धोधन गाउँपालिका २ भुजौली घर भइ तलमी नगरपालिका ३ बस्ने ४० वर्षीय कमल भनिने रुक्मान सुनार रहेका छन् ।

२० वर्षीय बिकको साथबाट भरुवा बन्दुकलाई मोडिफाइ गरि निर्मित पेस्तोल आकारको अबैध हतियार बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077