Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कामीरिता शेर्पाको नेतृत्वमा ११ आरोहीद्वारा सगरमाथा आरोहण

काठमाडौं । आरोही कामी रिता शेर्पा २६औँ पटक ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथा आरोहण गर्न सफल भएका छन् । २६औँ पटक सगरमाथा चढ्ने उनी एकमात्र आरोही बन्न सफल भएका छन् ।

सगरमाथाको चुचुरोसम्म बाटो बनाउने र डोरी टाँग्ने क्रममा सेभेन समिट ट्रेकिङ कम्पनीको टोलीका बाँकी १० जना सदस्यसहित कामी रिता पनि सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

शेर्पाले आजभन्दा २८ वर्षअघि अर्थात सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए । २८ वर्षको अवधिमा २६ पल्ट सगरमाथा चढेका कामी रिताले थुप्रै कीर्तिमान बनाएका छन् ।

शेर्पाले दुई पटक केटू हिमाल, एक पटक ल्होत्से, तीन पटक मनास्लु र आठ पटक चोयु हिमाल आरोहण समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077