Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युएईको नयाँ राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद निर्वाचित

एजेन्सी। संयुक्त अरब इमिरेट्स (युएई) को संघीय सर्वोच्च काउन्सिलले युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानलाई नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको छ।

खलीज टाइम्सको रिपोर्ट अनुसार ६१ वर्षीय नेता देशको तेस्रो राष्ट्रपति निर्वाचित भएका छन् ।

राष्ट्रपति शेख खलिफा बिन जायदको शुक्रबार निधन भएपछि उक्त पद रिक्त भएको हो । युएईको संघीय सर्वोच्च काउन्सिलले अबु धाबीका युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानलाई नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको एमिरेट्स समाचार एजेन्सीले शनिबार जनाएको छ ।

दुबईका शासक शेख मोहम्मदको अध्यक्षतामा अबुधाबीस्थित अल–मुश्रीफ प्यालेसमा शनिबार काउन्सिलको बैठक बसेको थियो ।

त्यसैमा नयाँ अध्यक्ष चयन भएको थियो । दुबईका शासक तथा युएईका प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मकतूमले शेख मोहम्मद बिन जायद अल नाह्यानलाई बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077