Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गौर काण्डमा थुनामा रहेका नेता अफ्ताब आलमका छोरा मेयरमा निर्वाचित

रौतहट । रौतहटको राजपुर नगरपालिकाको मेयरमा मोहम्मद राजीक आलम निर्वाचित भएका छन् ।

मेयरमा निर्वाचित आलम गौर काण्डमा थुनामा रहेका कांग्रेस नेता अफ्ताब आलमका छोरा हुन् ।

शुक्रबार सकिएको मतगणनामा आलम ६ हजार ३३५ मतका साथ निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मोहम्मद जैर आलमले ३ हजार ७५१ मत पाए ।

उपमेउरमा कांग्रेसकी जमिला असगरी ६ हजार २६८ मतका साथ निर्वाचित भएकी छन् ।

उनकी निकटतम प्रतिद्वन्दी एमालेकी शेख नसरुल्लाहले २ हजार ७७५ मत पाइन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077