Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जेठ १० गते सरकारको नीति तथा कार्यक्रम, राष्ट्रपतिले संसदमा प्रस्तुत गर्ने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम जेठ १० गते आउने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते सरकारको निती तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसदिन संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराएका छन् ।

त्यसदिन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक संयुक्तरूपमा बोलाइएको छ। अपराह्न ४ बजेका लागि बोलाइएको बैठकका नीति तथा कार्यक्रम पेस हुनेछ ।

आजसम्म संसदमा आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता, नीति तथा कार्यक्रमबारे छलफल भएको थियो। सांसदहरुले उठाएका प्रश्नहरुको अर्थमन्त्री जनार्दन शर्माले जबाफ दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077