Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आजको मौसम : यी प्रदेशमा हावाहुरीसहित वर्षा

    आजको मौसम : यी प्रदेशमा हावाहुरीसहित वर्षा

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा भइरहेको जनाएको छ। बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।



    मौसम पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको बुलेटिनमा दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र हावाहुरीसहित मध्यम वर्षाको पनि सम्भावना रहेको उल्लेख छ।



    देशका अन्य प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार