Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

किशोरीमाथि बलात्कार र हत्या प्रयासको आरोपमा एक युवक पक्राउ

ओखलढुंगा । १७ वर्षीया किशोरीमाथि बलात्कार र हत्या प्रयासको आरोपमा युवक पक्राउ परेका छन् ।

ती युवकलाई प्रहरीले पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरेको हो ।

मानेभन्ज्याङ गाउँपालिका ५ धिमिलेकी पीडित किशोरी आइतबार बिहान गाउँ नजिकैको सडकमा अचेत अवस्थामा भेटिएकी थिइन् ।

तर बलात्कार नगरेको बताएका छन् ।‘बलात्कार भएरनभएको चाहिँ शिक्षण अस्पतालबाट फरेन्सिक ल्याब रिपोर्ट आएपछि मात्र भन्न सक्छौं,’ जिल्ला प्रहरीका डिएसपी सुकदेव खनालले भने, ‘अन्य प्रमाणहरु र अभियुक्तले स्वीकार गरेको विषय मिल्दोजुल्दो भेटिएको छ ।’ यदि बलात्कार प्रमाणित भए अभियुक्तमाथि जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग र लुटपाट डकैती मुद्दा चलाउन सकिने प्रहरीले बताएको छ ।

शनिबार साँझ बुबाआमासँगै सुतेकी किशोरी बिहान ओछ्यानमा थिइनन् । गाउँलेले खोजी गर्दा उनी करिब घरदेखि डेढ किलोमिटर टाढाको दुरीमा सडकमा अचेत अवस्थामा भेटिएकी थिइन् । उनको टाउकोमा गहिरो चोट थियो । शरीरका कपडाहरु सबै च्यातिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077