Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

इन्धनको मृल्य वृद्धिसँगै बढ्यो हवाई भाडा, धनगढीको साढे १५ हजार [सूचीसहित]

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएसँगै आन्तरिक हवाई भाडादर पनि बढेको छ । आगामी बुधबारदेखि लागु हुनेगरी वायु सेवा सञ्चालक संघले हवाई भाडा बढाएको हो ।

आयल निगमले आइतवार हवाई इन्धन प्रतिलिटर १० रुपैयाँ बढाएको थियो । संघले रुटअनुसार न्यूनतम ९० देखि अधिकत ४४५ रुपैयाँसम्म हवाई भाडा बढाएको छ ।

सबैभन्दा धेरै काठमाण्डौ–धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ । यस्तै सबैभन्दा कम काठमाण्डौ–सिमराको भाडा ९० रुपैयाँ बढेको छ । नयाँ दरअनुसार काठमाण्डौ–धनगढीको अधिकतम भाडा १५ हजार ६ सय ६५ रुपैैयाँ पुगेको छ ।

यस्तै काठमाण्डौ–नेपालगञ्जको भाडा १२ हजार आठ सय ९५, भद्रपुरको ११ हजार नौ सय ३५, विराटनगरको नौ हजार तीन सय २५, जनकपुरको पाँच हजार दुई सय ५०, भरतपुरको चार हजार चार सय ३५, पोखराको ६ हजार तीन सय पाँच, भैरहवाको अधिकतम भाडा सात हजार आठ सय ८० रुपैयाँ पुगेको छ । बढेको भाडा ११ गते बुधवारदेखि लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077