Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालेनले पाए ५५ हजार ७४७ मत

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । अब १९ हजार ३२३ मत गन्न बाँकी छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले ५५ हजार ७४७ मत पाएका छन् । उनको जित निश्चितजस्तै भइसकेको छ ।

नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंह ३५ हजार ३७१ मतसहित दोस्रो स्थानमा छिन् ।

नेकपा (एमाले)का उमेदवार केशव स्थापित ३४ हजार ६२६ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077