Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन र उपमेयर डंगोलको शपथग्रहण सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोलसहित ३२ वडाका वडा अध्यक्ष र सदस्यको भोलि सोमबार शपथग्रहण हुने भएको छ।

कामपा प्रशासन विभागका अनुसार बिहान १० बजे काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

मेयरले शपथ ग्रहण गरेलगत्तै मेयर साहले उपमेयर डंगोललाई र त्यसपछि वडा अध्यक्षलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।

कामपाका प्रमुख साह र उपप्रमुख डंगोलले बिहान ११ बजे पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ। नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077