Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आईजीपी नियुक्तिविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठ र चुडालको इजलाशमा

    आईजीपी नियुक्तिविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठ र चुडालको इजलाशमा

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइको पेशी सर्वोच्चका न्यायाधीश कुमार चुडाल र विश्वरम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासमा तोकिएको छ ।

    वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।



    मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै वैशाख २२ मा न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ मा पुर्ण सुनुवाइका लागि पेश गर्न आदेश गरेकी थिइन् । आईजीपी नियुक्ति विवादमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरेको थियो ।



    मंगलबार आईजीपी नियुक्ति बिरुद्ध परेको रिट र पूर्व डिआईजीहरु घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले एआईजीपी बढुवा बिरुद्ध हालेको रिट सँगै सुनुवाई हुने भएको छ । एआईजी बढुवा बिरुद्धको रिट पनि न्यायाधीश श्रेष्ठ र चुडालको संयुक्त इजलासमा लगाउमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार