Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सर्बोच्चमा आईजीपी सिंहको जवाफ - म नै शुरु देखि सिनियर हुँ , पोखरेलले ज्येष्ठता र वरिष्ठतालाई मिचे

काठमाडौं ।सर्बोच्च अदालतमा एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सुनुवाई अघि बढेको छ । पोखरेलले प्रतिवादी बनाएका महानिरीक्षक धिरजप्रताप सिंहले पनि सर्वोच्चमा जवाफ फर्काएका छन् । उनले इन्सपेक्टर भर्नादेखि नै पोखरेल भन्दा आफु नै ज्येष्ठ र श्रेष्ठ भएको बताएका छन् ।

आफूहरू एकै ब्याचका भए पनि आफूले बढी चुनौतीपूर्ण र अनुशासनको पालना गरी जिम्मेवारी वहन गरेकाले आफू बताएका छन् । उनले लिखित जवाफमा हालसम्म पाएका पदक, विभूषण, सम्मान, कार्यअनुभवजस्ता विषय तालिका बनाएरै उल्लेख गरेका छन् ।

‘तत्कालीन समयमा अति चुनौतीपूर्ण मानिएका द्वन्द्वग्रस्त जिल्लाहरूमा उच्च व्यावसायिक तथा अति साहसिक कार्य गरेबापत मैले मिति २०५७/०९/१४ गते गोरखा दक्षिणबाहु विभूषणसमेत प्राप्त गरेको छु,’ उनले भनेका छन् । एकै ब्याचको भए पनि विभिन्न जिल्लामा रहँदा पद र अन्य आधारमा पनि ‘प्रारम्भदेखि नै ज्येष्ठ र श्रेष्ठ रहँदै आएको’ उनको तर्क छ । यसअघि पटक–पटक बढुवा भई निवेदक पोखरेलले आफैँले निवेदनमा दिएको दाबी मिचेको सिंहको भनाइ छ ।

‘अनावश्यक रूपमा पद सिर्जना गरी निजलाई एकल रूपमा बढुवा गरिँदा निजभन्दा अन्य दुई वरिष्ठतम् उम्मेदवार हुँदाहुँदै प्रवृत्त भावनाले निजलाई प्रतिस्पर्धा नै नगराई बढुवा गरिएको हुनाले विश्वराज पोख्रेल हाल आफू प्रहरी अतिरिक्त महानिरीक्षकको केही समयअगाडि बढुवा भएकै कारणले गर्दा निज नै प्रहरी महानिरीक्षको पदमा बढुवा हुनुपर्ने भनी लिएको दाबी निजले नै विगतमा लाभ लिएको अभ्यासविपरीत छ । ज्येष्ठता र वरिष्ठतालाई मिची आफू बढुवा हुँदा वैध अपेक्षाविपरीत नहुने, अरू हुँदा हुने तर्क आफैँमा आश्चर्यजनक र विरोधाभासपूर्ण छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077