Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हृदयघात हुँदा भारतीय गायक केकेको निधन

एजेन्सी । भारतीय गायक केके (कृष्ण कुमार कुन्नथ) को निधन भएको छ ।

मंगलबार साँझ कलकत्तामा सांगीतिक प्रस्तुती दिइसकेपछि अस्वस्थ भएका उनको उपचारको क्रममा निधन भएको हो ।

कोलकताको एक कन्सर्टमा गीत गाउँदा गाउँदै उनको स्वास्थ्य बिग्रिएको थियो।

नजरुल मन्चमा गुरुदास कलेजको एक कार्यक्रममा उनले प्रस्तुति दिइरहेका थिए ।

होटलमा आउनसाथ स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई कलकत्ताकै मेडिकल रिचर्स इन्चिच्युट अस्पताल लगिएको थियो। तर, अस्पाताल पुर्‍याउनासाथ चिकित्सकहरूले मृत घोषणा गरेका थिए । उनलाई हृदयघात भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077