Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन विश्वविद्यालयमा ताला लगाउने र फोड्नेबीच होडबाजी, दुई पक्षबीच झडपको सम्भावना

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा ताला लगाउने र फोड्नेबीच होडबाजी चलेको छ ।

एउटा पक्षले ताला लगाउने र अर्कोले फुटाउने क्रम चल्दा दुई पक्षबीच झडप हुन सक्ने भन्दै कर्मचारी चिन्तित बनेका छन्।

विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारको कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ र आंशिक प्राध्यापक सङ्घले लगाएको ताला साढे चार महिनापछि बुधबार नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) ले फुटाइदिएको थियो तर ताला खुलेको २४ घण्टा नबित्दै बिहीबार फेरि पुरानै समूहले नयाँ ताला लगाइदिएको छ ।

आफूहरूले लगाएको ताला फुटाएर क्रान्तिकारीले मुठभेड गर्न खोजेको आन्दोलनकारीले आरोप लगाएका छन् । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077