Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रामचन्द्र पौडेलले भने - जनतालाई हेपेर निर्णय गर्दा दलका उम्मेदवारले काठमाडौंमा पराजय भोग्नु पर्‍यो

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा राजनीतिक दलका उम्मेदवारले महानगरमा पराजय भोग्नु परेको बताएका छन् ।

शनिबार उनले काठमाडौं महानगरपालिकाको मेयरका लागि कांग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवार उपयुक्त नभएको बताएका हुन् ।

उनले नेपाली कांग्रेस र एमालेले जनताको चाहनाविपरीत उम्मेदवार खडा गरी हेपेका कारण राजनीतिक दलको उम्मेदवार महानगरको प्रमुख बन्न नसकेको बताए ।

उनले भने-'कांग्रेसका नेताले पनि जनतालाई हेपेर निर्णय गरे, एमालेका नेताले पनि । एमालेका नेताले जुन निर्णय गरे त्यो पनि जनतालाई हेपेकै निर्णय थियो । किनभने जुन उम्मेदवारलाई अघि सार्नुभयो उहाँहरु उपयुक्त थिएनन् । आउटेडेट भइसकेका थिए । अहिले कांग्रेसले जे गरेको थियो त्यो पनि उपयुक्त थिएन । ती भन्दा उपयुक्त धेरै मान्छेहरु थिए ।'

जनताले त्यसको सजाय नेताको टाउकोमा लौरो लगाइदिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077