Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हिमशिखर सहकारीको तेस्रो शाखा कैलालीको बडैपुरमा

धनगढी । कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुरमा शाखा विस्तार गरेको हो ।

शाखाको शनिबार सुदूरपश्चिम प्रदेशका पुर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारीले एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा गौरीगंगा नगरपालिकाका उपप्रमुख भोजबहादुर बम, जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणी प्रसाद सापकोटा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा गौरीगंगा नगरपालिका वडा नं ५ का वडाध्यक्ष विष्णुप्रसाद भाट समेत सहभागि भएका थिए । संस्थाका उपाध्यक्ष रोशन सिंहले स्वागत मन्तव्य गरेको कार्यक्रमको सञ्चालन सचिव विमल जोशीले गरेका थिए ।

कार्यक्रममा संस्थाका कार्यालय प्रमुख महेन्द्रबहादुर शाहीले संस्थाको बारेमा प्रकाश गरेका हुन् ।
हिमशिखरको कैलालीको कैलारी गाउँपालिका, गोदावरी नगरपालिकामा समेत शाखा विस्तार भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077