Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

इमरान खानको हत्या हुन लागेको हल्लाले इस्लामावादमा उच्च सुरक्षा सतर्कता

एजेन्सी। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हत्या गर्ने षड्यन्त्र भएको हल्लापछि इस्लामावादसँग जोडिएका क्षेत्रहरूमा सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको छ। इस्लामाबाद पुलिसका प्रवक्ताले सबै प्रकारका जमघट, प्रदर्शनमा रोक लगाइएको वताएका छन् ।

यसैबीच बनी गालामा विशेष सुरक्षाकर्मी परिचालन गरिएको छ । इस्लामावाद प्रहरीले इमरान खानलाई कानुनअनुसार पूर्ण सुरक्षा दिनेछ र इमरान खानको सुरक्षा टोलीबाट पनि आपसी सहयोगको अपेक्षा गरिएको छ ।यससँगै इस्लामावाद प्रहरीले पीटीआई अध्यक्ष इमरान खानको सम्भावित आगमनलाई ध्यानमा राखेर  सुरक्षा दिइएको जनाएको छ । गाला वरिपरि कडाई गरिएको छ र उच्च सतर्कतामा राखिएको छ।

यद्यपि हालसम्म इस्लामावाद प्रहरीले इमरान खानको टोली फर्किएको पुष्टि गरेको समाचार प्राप्त गरेको छैन। पूर्व प्रधानमन्त्री इमरान खानका भतिजा हसन नियाजीले हाम्रा नेता इमरान खानलाई केही भयो भने त्यसलाई पाकिस्तानमाथि आक्रमण मानिने बताएका छन्।

पाकिस्तान तहरीक-ए-इन्साफका नेता फैसल वावडाले पाकिस्तानका प्रधानमन्त्री इमरान खानको हत्या गर्ने षड्यन्त्र देश बेच्न अस्वीकार गरेको कारण रचेको दाबी गरेका छन्। उनले भनेका छन् , 'इमरान खानलाई र्‍यालीमा बुलेट प्रकारको चश्मा लगाउन सल्लाह दिइएको थियो ।'

यसै क्रममा पाकिस्तानी अखबार डनका अनुसार यी रिपोर्टहरू आएपछि सरकारको निर्णयअनुसार प्रधानमन्त्रीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077