Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तानको काबुलमा ३० दिनमा दुई हजार पक्राउ

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा पछिल्लो एक महिनाको अवधिमा दुई हजार जना पक्राउ परेका छन् ।

प्रहरीले आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ ।

राज्य सञ्चालित बख्तर समाचार संस्थाले आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकारलाई उद्धृत गर्दै अपहरण, चोरी, लागूऔषध तस्करीदेखि कार लुट्नेसम्मका ८ सय ५९ मुद्दा दर्ता भएका र करिब २ हजार जना पक्राउ परेको जनाएको छ ।

तर कतिपयले भने तालिवान नेतृत्वको सरकारले राजनीतिक प्रतिशोध साध्न कतिपयलाई पक्राउ गरिएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077