Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी घरको चार तलामाथिबाट खस्दा गम्भीर घाइते

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चार तलामाथिबाट खस्दा गम्भीर घाइते भएकी छन् ।

काठमाडौंको बनस्थलीस्थित घरको चौथो तलाबाट सोमबार बिहान लडेर पोखरेल गम्भीर घाइते भएकी हुन् । उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

अस्पतालका निर्देशक डा.प्रमोद जोशीका अनुसार अहिले सघन उपचार कक्षमा (आइसीयू) मा उपचार भइरहेको छ ।
डा.जोशीका अनुसार उनको शरीरको धेरै ठाउँमा चोटपटक लागेको छ ।

‘मुखको दाँतका हर्डीहरु सबै भाँचिएका छन् । कम्मरका हड्डीहरु साथै हातखुट्टाका हड्डीहरु भाँचिएका छन्,’ डा। जोशीले भने ।

अहिले घाइते पोखरेलको होस आइसकेको छ । उनको उपचारमा डा.जोशीको नेतृत्वको टिमले उपचार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077