Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एक सातादेखि ओरालो लागेको शेयर बजार आज ४५ अंकले घट्यो

काठमाडौं । सोमबार पनि शेयर बजार भारी अंकले घटेको छ । गत साताको पहिलो कारोबारको दिन (सोमबार) बाट ओरालो लागेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज पनि ओरालो लागेको छ ।

आज नेप्से परिसुचक ४५.५९ अंकले घटेर २०२०.२३ को बिन्दुमा झरेको छ ।

नेप्सेमा सूचीकृत २३४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६२ रुपैयाँको कारोबार भएको छ ।

उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ। अन्य स्टकको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

यस दिन पनि हिमालयन बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको शेयरमूल्य यस दिन ३५ रुपैयाँ ८० पैसा घटेर ३२३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, सर्पोट माइक्रोफाइनान्स, समता लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त लगायतका स्टकहरुको मूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेका छन्।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन कुमारी बैंकको करिब ६ करोडको शेयर कारोबार भएको छ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077