Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

    आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 648
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । भने पूर्वी नेपालमा मात्रै मौसमी वायु सक्रिय रहेको छ ।

    मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।



    जसका कारण काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ । वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुँदा काठमाडौंसहित केही स्थानमा पानी परिरहेको हो । आज दिनभर काठमाडौंमा वर्षाको सम्भावना उच्च रहेको मौसमविद्ले जनाएका छन् । यद्यपि, केही समय पानी पर्ने क्रम रोकिन पनि सक्ने छ ।



    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

    प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेशका थोरै स्थानमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आजराति प्रदेश १, वाग्मती, गण्डकी प्रदेशका केही स्थानमा र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार