Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पृथ्वी राजमार्गमा सडक भासियो : कार पुरिएको अवस्थामा फेला, गोताखोरसहित उद्धार टोली परिचालित

काठमाडौं । अबिरल वर्षाले आँबुखैरेनी मुग्लिन सडक खण्ड भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

तनहुँको आँबुखैरेनी खैरेनी गाउँपालिका–४ मर्स्याङ्दी जलविद्युत केन्द्रको ड्याम नजिक राजमार्गको तलबाट पहिरो खसेकोले दुईतर्फी यातायात अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

यस्तै सडक भासिएको स्थानबाट एउटा कार तल खसेको देखिएको उनले बताए । सडकबाट तल मर्स्याङ्दी नदीको खोंचमा कार खसेको देखिएको घटनास्थलमा रहेका उनको भनाई छ ।

उनका अनुसार गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई त्यहाँ परिचालन गरिएको छ । मानवीय क्षतिको पनि आशंका प्रहरीको छ । भासिएको स्थान भीर र नदीको बहाव ठूलो भएकोले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077