Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

गोकर्ण विष्टको प्रश्न- हाम्रो पुस्ता विकासको गफ गर्दागर्दै समाप्त हुने त होइन ?

काठमाडौँ । नेकपा एमाले सांसद तथा पूर्व ऊर्जामन्त्री गोकर्ण विष्टले अहिलेको पुस्ता विकासको गफ गर्दागर्दै समाप्त हुने अवस्थामा पुगेको बताएका छन् ।

प्रतिनिधि सभामा ऊर्जा मन्त्रालयको बजेटमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसद विष्टले एक शताब्दी लामो विद्युत् उत्पादनको परिणाम हेर्दा र अहिले सरकार प्रस्तुत गरेको बजेटले त्यस्तो शंका उत्पन्न गराएको बताए ।

उनले भने '२०१९ मै चीनले २० लाख मेगावाट बिजुली उत्पादित छ । भारतमा २०२२ को तथ्याकंले करिब ४ लाख मेगावाट पुगेको देखिन्छ । बंगलादेशमा २५ हजार ५ सय मेगावाट विजुली कुल जडित क्षमता छ' विष्टले भने, 'चन्द्र विद्युत् गृह निर्माणपछिको १ सय १२ वर्षको अवधिमा २ हजार १ सय ७१ मेगावाट बिजुली उत्पादन गरेका छौं । जलस्रोत माध्यमबाट विकास गर्ने भनेका छौं । यो १ सय १२ वर्षको अवधिले मजाक उठाइरहेको छ, खिल्ली उडारहेको छ । हाम्रो पुस्ता विकासको गफ गर्दागर्दै समाप्त हुने त होइन ?'

विष्टले भारततर्फ राति बिजुली निर्यात गर्न थाले पनि चालु आर्थिक वर्षमा करिब १२ अर्ब रुपैयाँको बिजुली आयात गर्ने सम्भावना देखा परेको बताए। उनले ऊर्जा मन्त्रालयमा बजेट घटाएको पनि असन्तुष्टि जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077