Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रामदेव तेलीलाई तत्काल कारवाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउगरी कारवाही गर्न निर्देशन दिएका छन्।

सर्वसाधारणसँग चर्को ब्याज लिई तेलीले दुःख दिने गरेको पाएपछि प्रधानमन्त्रीले कारवाही गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका हुन् ।

तेलीले चर्को ब्याज लिएर सर्वसाधरणको उठिवास लगाउने गरेको गुनासो सर्वसाधारणले लगाउने गरेपछि मिडियामा आएको हो ।

सोही विषयमा संसदमा समेत सांसदहरुले कारवाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077