Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनले भन्यो - भारत र चीन मामिलामा अमेरिकाले आगोमा घिउ थप्ने काम गर्‍यो

एजेन्सी । चीनले भारतसँगको सीमा विवाद समाधान गर्न दुवै देशसँग इच्छा र क्षमता भएको स्पष्ट पारेको छ ।

भारत भ्रमणमा रहेका एकजना अमेरिकी सैनिक अधिकारीले लद्दाखमा चिनियाँ गतिविधिको स्तरलाई ‘आश्चर्यजनक’ को संज्ञा दिएपछि चीनले यस्तो प्रतिक्रिया दिएको हो ।

वार्ता र परामर्शका माध्यमबाट सीमा समस्या समाधान गर्न आफूहरू सक्षम रहेको जनाउँदै चिनियाँ विदेश मन्त्रालयले दुई देशबीचको मामिलालाई लिएर अमेरिकाले गरेको टिप्पणी ‘आगोमा घिउ’ थप्ने खालको भएको बताएको छ ।

भारतको चार दिने भ्रमणमा रहेका अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्रका प्रमुख चार्ल्स ए फ्लिनले गरेको टिप्पणीपछि चीनको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो । भारतका पत्रकारहरूसँगको कुराकानीमा फ्लिनले लद्दाख क्षेत्रमा चीनले निर्माण गरेका पूर्वाधार डरलाग्दा एवम् विष्मयकारी भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077