Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मुग्लिन-आँबुखैरेनी सडकखण्डमा आज साना गाडी मात्रै चल्‍ने

काठमाडौं । मुग्लिन नजिकै पर्ने पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा आज साना गाडी मात्र सञ्चालन हुने भएका छन् ।

ठूला गाडी सञ्चालन गर्दा जोखिम हुने भएकाले केही दिन ठूला गाडी सञ्चालन गर्न नसकिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

आँबुखैरेनी नजिकै मर्स्याङ्दी विद्युत् गृह नजिकै हिजो बिहान सडक भासिएपछि बन्द भएको सडक खण्ड मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि बन्द गर्न थालिएको छ ।

सडक मर्मत गर्न समय लाग्ने भएकाले ठूला गाडीलाई वैकल्पिक बाटोबाट सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ । सडक भासिएको ठाउँमा सडक डिभिजन कार्यालयले हिजो शुक्रवारदेखि नै भित्ता काट्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077