Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रुकुम पश्चिम जिसस प्रमुखमा माओवादी केन्द्र निर्विरोध

रुकुम । रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) एक्लै जिल्ला समन्वय समिती गठन गरेको छ। ६ मध्ये चार पालिका जितेको माओवादीले एकलौटी रुपमा जिसस गठन गरेको हो।

प्रमुखमा लुम्बिनी गौतमसहित माओवादी केन्द्रको सिंगो प्यानल निर्विरोध निर्वाचित भएको छन्। जिसस प्रमुखमा निर्वाचित गौतम अर्थमन्त्री जनार्दन शर्माकी बहिनी हुन्।

उनी माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्ष विमला केसीकी नन्द हुन् भने उनका श्रीमान गोरखबहादुर केसी आठबिसकोट नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन्।

उनी अब प्रदेशमा चुनाव लड्ने तयारी गरिरहेकी छन्।माओवादीले उपप्रमुखमा देवबहादुर कामीलाई उम्मेदवार बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077