एजेन्सी । उत्तर कोरियाले तोप प्रहार गरेको छ । आइतबार स्थानीय समयअनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म उत्तर कोरियाले तोप प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।
किम जोङ उनले उत्तर कोरियालाई आणविक रूपमा सशक्त देश बनाउने प्रतिवद्धता गरेको भोलिपल्ट उत्तर कोरियाले शृंखलाबद्ध ढंगले तोप प्रहार गरेको हो ।
उत्तरको तोप प्रहारबारे दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफले थप विवरणहरू दिएको छैन् ।
तर, उसको प्रहार परम्परागत शैलीका, तुलनात्मक रूपमा छोटो दूरीको र कम उचाइको भएको जनाइएको छ । उत्तरले यसअघि पनि एकपछि अर्को आणविक हतियार परीक्षण गर्दै आएको छ ।