Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काठमाडौंका २ सय २० स्थानमा सार्वजनिक शौचालय

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीका सात बैंकसहित ३३ निकायका शोचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न स्वीकृत दिने तयारी गरेको छ।

कामपाले सार्वजनिक शौचालयको प्रयोग गर्न दिन इच्छुक होटल, रेस्टुराँ, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यावसायी, गैरसरकारी संघसंस्थाको शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न दिन सूचना जारी गरेको थियो।

सूचना जारी गरेको एक सातामा ७ बैक, २० रेस्टुरेन्टसहित ३३ निकायले अनुमतिका लागि निवेदन दिएका छन्। कामपा सार्वजनिक निजी साझेदारी इकाइ पीपीपी गएको आइतबार सूचना जारी गरेको थियो।

पीपीपी प्रमुख एवं निर्देशक नुरनिधि न्यौपानेले सूचना जारीभएको एक साताको अवधिमा ७ वटा बैंकले स्वीकृति लिन निवेदन दिएको जानकारी दिए। तीमध्ये नबिल बैंकले मात्र सम्भौता गरेको छ। अन्य निकायलाई एकैपटक सम्भौता गर्ने गरी प्रक्रिया अघि बढेको छ।

कामपाका सहायक प्रवक्ता महेश काफ्लेले हालसम्म नबिल बैंकका १८ शाखा प्रयोग गर्नेगरी स्वीकृति दिएको जानकारी दिनुभयो। अन्यको हकमा ७ दिनको सूचनाको आधारमा निवेदन संकलन गरिरहेको जानकारी दिदै उहाँका अनुसार अब केही दिनमै सम्भौता गर्ने तयारी भइरहेको जानकारी दिए।

अब महानगरपालिकाभित्र होटल, बैंक तथा वित्तिय संस्था, रेस्टुरां गरी करिब २ सय २० स्थानमा सार्वजनिक शौचालय रहनेछन्। नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077