Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरले सञ्चालनमा ल्यायो ब्रुमर, धुलोरहित अभियानमा सहयोगीसिद्ध हुने विश्वास

काठमाडौं । काठमाडौं महानगरपालिकामा मर्मतपछि ब्रुमरहरू पुनः सञ्चालनमा ल्याइएका छन् । । महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सानातिना मर्मत पनि नगरेर राखिएका ब्रुमरको मर्मत गरेर आजदेखि सडक सफा गर्न थालिएको जानकारी दिए ।

उनका अनुसार आजदेखि ५ वटा ब्रुमरले सडक सफा गर्न थालेका छन् । भने बिहीबारदेखि थप ४ वटा ब्रुमर पनि सञ्चालनमा आउने छन् । कूल ९ वटा ब्रुमरले नियमित रूपमा सडक सफा गर्ने मेयर साहले बताए ।

‘सानातिना मर्मत लगायतका काम पनि नभएर लगभग निस्कृय रहेका ब्रुमरको मर्मत भएर काम सुरू हुन थालेको छ,’ उनले भने, ‘आजदेखि ५ वटा ब्रुमरले काठमाडौं सफाइ गर्न थालेका छन्।’

‘बर्खा भएकोले केहि असहजता पक्कै हुनेछन्। तर आवश्यक ठाउँमा सकेसम्म छिटो पुगेर काठमाडौंलाई धुलोरहित बनाउने अभियानमा ब्रुमर सहयोगीसिद्ध हुनेछन् भन्ने विश्वास छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077