Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पहिलो किस्ता नदिएपछि काठमाडौं महानगरको भवन निर्माण रोकियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन निर्माण गर्दा पाउने पहिलो किस्ता नदिएपछि काम रोकिएको छ ।

विशेष अदालतमा विचाराधीन मुद्दा नटुङ्गिएसम्म रकम उपलब्ध गराउँदा कानुनविपरीत हुने कानुनी राय दिएपछि रकम रोक्का भएको हो।

ठेक्का दिँदा प्राविधिक मूल्याङ्कन समितिको राय सिफारिस गर्ने पाँच कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर भएको मुद्दा किनारा नलागेसम्म रकम उपलब्ध गराउन नमिल्ने जनाएपछि ठेकेदार कम्पनी सामानान्तर जेभीले काम रोकेको हो।

लामो समयसम्म निर्माण ठप्प भएपछि कामपाका मेयर बालेन्द्र साह हिजो बुधबार कामपाको बबरमहलस्थित सार्वजनिक निर्माण विभाग पुगेर जानकारी लिएका थिए ।

कर्मचारीमाथि मुद्दा चलाए पनि काम रोक्न कतै आदेश नदिएका कारण निर्माण कम्पनीले पुसदेखि निरन्तर काम गरिरहेको छ। ठेकेदार कम्पनीले पहिलो किस्ताको बिल पठाएको थियो। नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077