Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कैलालीबाट नक्कली नोट छाप्ने मेसिनसहित दुईजना पक्राउ

कैलाली । कैलालीको धनगढीमा नक्कली नोट छापिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ८ बस्ने २१ वर्षीय रामदास राना र अनुराग राना रहेका छन् ।

नक्कली नोट छाप्ने मेसिनसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।

उनीहरुको साथबाट नक्कली १ हजारका २ नोट र अन्य नोट पनि बरामद गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077