Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मागपत्र प्रमाणीकरण बिनै अन्तर्वार्ता लिने अल अस्मास कम्पनीमा विभागको छापा

काठमाडौं । मागपत्र प्रमाणीकरण बिनै अन्तर्वार्ता लिने एक म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।

अल अस्मास कम्पनी प्रालिले माग पत्र प्रमाणीकरण विनै कुवेत पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको पाइएको विभागले जनाएको छ ।

कुवेतको केएफसी कम्पनीमा पठाउने भनी अन्तर्वार्ता भइरहेको सूचनाको आधारमा बुधबार वैदेशिक रोजगार विभागले गरेको आकस्मिक अनुगमनमा कुवेतबाट केएफसी भन्ने कम्पनीबाट कुनै कामको माग नआए पनि झण्डै एक सय जनाको अन्तर्वार्ता भइरहेको पाइएको हो ।

अनुगमनमा खटिएको विभागको टोलीले विभिन्न कागजातहरू बरामद गरेको छ । म्यानपावर कम्पनीमाथि आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077