Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसीसी महिला टी-२० च्याम्पियनसिप : नेपालले दियो भुटानलाई ९५ रनको लक्ष्य

काठमाडौं । नेपालले एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो खेलमा भुटानलाई जितका लागि ९५ रनको लक्ष्य दिएको छ।

मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनायो ।

नेपालका लागि मध्य क्रमका ब्याटरहरुले दोहोरो अंकमा रन बनाउँदा अन्य भने खासै चल्न सकेनन् पाँचौं क्रममा आएकी काजल श्रेष्ठले नेपालका लागि सर्वाधिक २६ रन बनाइन् ।

चौथो क्रमकी ब्याटर ईन्दु बर्माले २० रन र छैटौं क्रममा आएकी कप्तान रुविना क्षेत्रीले २१ रन बनाइन् । भुटानका लागि सोनम पाल्दोनले सर्वाधिक ४ विकेट लिइन्। अञ्जु गुरुङ र तासी चेकीले समान १-१ विकेट लिए । ९५ रनको लक्ष्य पाएको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077