Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ब्राउन सुगरसहित पक्राउ परेका र्‍यापर लाहुरे लागुऔषधविरुद्धको अभियानमा

काठमाडौं । र्‍यापर लाहुरे (आशिष राना) ले लागूऔषधविरुद्धको अभियान सञ्चालन गर्ने भएका छन् ।

गत वर्षको पुस १४ मा लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेपछि ५६ दिन जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बसेका र्‍यापर लाहुरे लागूऔषधविरुद्धको अभियान सञ्चालन गर्न लागेका हुन् ।

नजिकै आउन लागेको अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसको अवसरमा लाहुरे अभियानमा अगाडि बढ्ने भएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यसहित सप्ताहव्यापी सचेतना कार्यक्रम आयोजना गर्ने कार्यक्रममा उनी अभियन्ताका रूपमा अगाडि देखिने छन् ।

असार ६ गतेदेखि पोखरामा विभिन्न ठाउँमा अभियान सञ्चालन हुनेछ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहँदा लागुऔषधको दुर्व्यसनबाट मुक्त हुने वातावरण पाएको उनको भनाइ छ । दुर्व्यसनले क्षणिक आनन्द दिए पनि त्योभन्दा धेरै दुःख, कष्ट दिने गरको लाहुरेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077