Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सेनामार्फत एसपीपी अघि बढाउन खोज्नु गम्भीर, सरकार पछि हट्नु पर्छ : वर्षमान पुन

काठमाडौं । सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपाली सेनामार्फत अघि बढाउन खोज्नु गम्भीर विषय भएको बताएका छन् ।

शनिबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने कूटनीतिक प्रस्ताव सेनामार्फत आउनु गम्भीर विषय भएको उल्लेख गरे ।

'एसपीपी परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्नेमा सेनामार्फत आउनु गम्भीर हो,' पुनले भने, 'अब यस्तो नहोरियोस्, यो नै अन्तिमपटक होस् ।'

असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको नेपाल कुनै पनि सैन्य रणनीतिक गठबन्धनमा संलग्न हुन नसक्ने उनले बताए । राजनीतिक नेतृत्वलाई बाइपास गरेर सैनिक नेतृत्वमार्फत एसपीपीको प्रस्ताव आउनुको कारण सबै मिलेर खोज्नुपर्नेमा उनले जोड दिए ।

यद्यपि, उनले नेपाली सेनाको व्यावसायिक निष्ठामा भने कुनै शंका नरहेको स्पष्ट पारे । उनले एसपीपीबाट सरकार पछि हट्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077