Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंको कल सेन्टरमार्फत अमेरिकामा ठगी गर्ने दुई भारतीयसहित १३ जना पक्राउ

काठमाडौं । काठमाडौंमा कल सेन्टर चलाएर सो आवरणमा अमेरिकामा ठगी गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको सामाखुशीमा अर्बिट नेक्सस प्रालि नाममा कल सेन्टर सञ्चालन गरी अमेरिकामा बस्नेहरुलाई कम्प्युटरमा म्यासेज पठाएर ठगी गरेको आरोपमा २ जना भारतीय नागरिक र ११ जना नेपाली नागरिक गरी १३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ‘अर्बिट नेक्सस प्रालि’का संचालक बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने ३३ वर्षीय बिजय श्रेष्ठ र उनका मुख्य सहयोगी दुईजना भारतिय नागरिक छन् । कलसेन्टरको सुपरभाइजर भारत घर भएका ३२ वर्षीय निशान्त गैरे र कल सेन्टरमा काम गर्नेहरुलाई मनिटरिङ गर्ने भारतिय नागरिक २४ वर्षका मनिष तिवारी छन् ।

यस्तै पक्राउ पर्नेमा धुम्बाराहीस्थित कल सेन्टरमा काम गर्ने १० जना कामदार छन् । २२ वर्षका अमिन खड्का, २२ वर्षीय करण गुरुङ, अनोज लामा, २० वर्षीया आरुषी राई, २१ वर्षीया युबिना तामाङ, २३ वर्षीया आरस तुलाधार, २६ वर्षीया सपना मग्राती, २९ वर्षीया टिका राउत, २४ वर्षीया सुनिता राउत र १९ वर्षीय सागर श्रेष्ठलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार उनीहरुले माइक्रोसफ्ट सपोर्ट सेन्टरबाट भन्दै कम्प्युटरमा म्यासेज पठाएर बैंक खाता लगायतका निजी सूचना माग गरेर पैसा ठगी गरेको पाइएको छ । उनीहरुबाट ९० वटा कारोबार भएको देखिएको र ती सबै ठगी हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रहरी बरिष्ठ उपरिक्षक नबिन्द अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077